बेथानचोक बोल्देका २६ जना विद्यार्थीलाई ट्रयाकसुट वितरण

बेथानचोक । बेथानचोक गाउँपालिका वडा नं.३ बोल्देस्थित श्री गोरखनाथ प्राथमिक विद्यालयमा अध्ययनरत २६ जना विद्यार्थीहरुलाई लोकेश्वर मिडिया सर्भिस,पुतलीसडक,काठमाडौंको संयोजनमा,नेपाल तामाङ घेदुङ इजरायलकी पूर्वउपाध्यक्ष अनु तामाङ र काठमाडौं बौंद्धका समाजसेवी चाँदनी लामाको आर्थिक सहयोगमा मंगलबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर तामाङको सभाध्यक्षतामा वडाध्यक्ष कुबेर ढकालको प्रमुख आतिथ्यमा ट्र्याकसुट वितरण गरिएको छ ।

विद्यार्थीहरुलाई नियमित विद्यालय आउने वातावरण बनाउन,लोकेश्वर मिडिया सर्भिसको १३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा विद्यालयका ६ जना शिक्षक,कर्मचारीहरुलाई लोकेश्वर मिडिया सर्भिसका प्रबन्ध निर्देशक श्याम ङेसुर तामाङले सलसहित गलबन्दी ओढाएर सम्मानसमेत गर्नु भएको थियो ।

विद्यालयका प्रधानाध्यापक चुडामणि तिमल्सिनाले कार्यक्रम संचालन,शिक्षक कमला तामाङले स्वागत मन्तव्य व्यक्त गर्नु भएको सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी,अभिभावक,शिक्षक कर्मचारी र विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.