बालकृष्ण बजगाँई

भकुण्डेवेशीमा प्रहरी चौकी बन्ने


नमोबुद्ध । प्रहरी चौकी भकुण्डेवेंशीको भवन निर्माणका लागि नमोबुद्ध नगरपालिकाले जग्गा व्यवस्थापन गरेको छ । स्थानीय राजकुमार तिमल्सिनाले नमोबुद्ध नगरपालिकालाई न्युनतम मुल्यमा जग्गा उपलब्ध गराए पछि चौकीको भवन निर्माणको बाटो खुलेको हो ।

नगरपालिकालाई तिमल्सिनाले उपलब्ध गराएको ९ आना जग्गा प्रहरी चौकी भकुण्डेवेशीको नाममा हस्तान्तरण भइसकेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीलाई भवन निर्माण हुने जग्गाको पुर्जा हस्तान्तरण गरेपछि नगर प्रमुख टि.पी. शर्मा तिमल्सिना, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल लगायतको टोलीले भवन निर्माण स्थलको अनुगमन र निर्माण स्थलको ब्यानर उद्घाटन समेत गरेका थिए ।

जिल्ला प्रहरीलाई जमिनको लालपुर्जा हस्तान्तरण भइसकेपछि अब निर्माण प्रकृया पनि सुरु हुने प्रहरी प्रमुख एसपी चक्रराज जोशीले बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.