मण्डनदेउपुरमा एमाले विजयी भएमा जेष्ठ नागरिकलाई निःशुल्क तिर्थ यात्रामा लैजाने

मण्डनदेउपुर । वैशाख ३० नजिकिदै छ । तयारीमा शीर्षस्थ राजनीतिक दल, स्वतन्त्र उम्मेद्वारहरू एवं  अन्य राजनीतिक दलहरू  कम्मर कसेर लागिपरेका छन् । यसैगरी उम्मेद्वारहरू आ-आफ्ना लोकप्रिया एजेन्डाहरू जनतासामु लिएर व्यस्त भइरहदा जनताका आधारभूत आवश्यकतादेखि आर्थिक, सामाजिक रुपान्तरणमा समेत काम गर्ने बताइरहँदा नेकपा एमाले मण्डनदेउपुर नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्षका उम्मेद्वारहरूले जेष्ठ नागरिकको जीवनको मुख्य अभिलाषालाई चुनावी प्रतिबद्धतामा समेटेका छन् । उनीहरूले आफूहरू निर्वाचित भएको खण्डमा नगरपालिकाभित्र रहेका ज्येष्ठ नागरिकहरुका लागि निःशुल्क ऐतिहासिकस्थल तथा तीर्थ यात्राको व्यवस्था गर्ने बताएका छन् ।

नेकपा एमालेका उम्मेदवारहरुले न्याय, सुरक्षा  सामाजिक विकास कार्यक्रम अन्तर्गत आफ्नो प्रतिवद्धता पत्रमा उक्त कुरा उल्लेख गरेका छन् । एमाले मण्डनदेउपुरका उम्मेदवारहरुले आफुहरु नगरपालिकामा विजयी भएको खण्डमा घरघरमा जेष्ठ नागरिक भत्ता पुऱ्याउने, जेष्ठ नागरिकमैत्री सार्वनजनिक यातायातको व्यवस्था गर्ने, प्रत्येक वडामा सुविधा सम्पन्न जेष्ठ नागरिक ज्ञान तथा सीप केन्द्र निर्माण गर्ने तथा अनाथ, टुहुरा र विशेष संरक्षणको आवश्यकता भएका बालबालिका लागि विशेष सुरक्षा कार्यकम सञ्चालन गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरेका छन् ।

यसैगरी न्याय सुरक्षा र सामाजिक विकास अन्तर्गत न्यायिक समितिको सवलीकरण गरी छिटो छरितो न्याय सेवा प्रदान गर्ने, स्थानीय तहको जवाफदेहीता र पारदर्शी शासन अभिबृद्धि गर्न सामाजिक संघ संस्थासँग स्थानीय साझेदारी र सहकार्य गर्ने, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको प्रत्याभूति गर्ने, स्रोतमाथि जनताको पहुँच र स्रोतको न्यायपूर्ण वितरण गर्ने प्रतिवद्धतामा उल्लेख छ । यसैगरी अन्य स्थानीय सरकारहरू बीचको समन्वय, सहकार्य र साझेदारीलाई प्रवर्धन गर्ने, सबै खाले विभेद (जातीय, भाषिक, धार्मिक, सांस्कृतिक र प्रादेशिक), बढ्दो असमानता, अभाव र गरिबीका विरूद्ध जुध्ने सशक्त नीति र कार्यक्रमहरु अघि बढाउने, स्थानीय परिवेशमा अभ्यासमा रहेका विभेदजन्य कुसंस्कार अन्त्यका लागि कार्यक्रम गर्ने, हिंसा पीडित बालबालिकका लागि स्थानीय तहमा संरक्षण तथा पुर्नस्थापना केन्द्रको स्थापना गर्ने प्रतिवद्धता जनाएका छन् ।

न्याय सुरक्षा र सामाजिक विकास
– अपाङ्गता भएका बालबालिकाको निःशुल्क शीघ्र पहिचान गरिनेछ ।  कृतिम अङ्ग तथा सहायक सामग्री वितरण, उपचार र  पुर्नस्थापनामा आवश्यक सहयोग गरिनेछ ।
– प्रत्येक वडामा सुविधा सम्पन्न बाल उद्यान निर्माण गरिनेछ ।
– बालमैत्री सार्वजनिक सेवा उपलब्ध गराइनेछ ।
– एकल महिला र तिनका बालबालिकको विशेष संरक्षण कार्यक्रम लागु गरिनेछ ।
– एकल महिलाका लागि मर्यादित रोजगारी र भत्ता प्राप्तिमा सहजता सिर्जना गरिनेछ ।
– पाँच वर्षमुनिका सबै बालबालिकाका लागि बाल पोषण भत्ता  उपलब्ध गराइनेछ ।
– बालमैत्री स्थानिय शासन, वातावरणमैत्री स्थानिय शासन, पोषणमैत्री स्थानीय शासनको लक्ष्य पुरा गरी घोषणा गरिनेछ ।
– अपाङ्गता भएका व्यक्तिका लागि सहयोगी व्यक्तिको मासिक वृत्ति लागायतका समुदायको संरक्षण र विकासका लागि विशेष सामाजिक सुरक्षा कार्यक्रम अगाडि सारिनेछ ।
– परम्परागत पेशाको स्तरोन्नति र व्यवस्थापनसहित दलित लगायतका अल्पसंख्यक समुदायको आर्थिक उन्नति र समावेशिकरणमा विशेष प्राथमिकता दिइनेछ ।
– अनौपचारिक क्षेत्रका श्रमिकहरूको पञ्जीकरण गरी सामाजिक सुरक्षा कार्यक्रम लागु गरिनेछ ।
– न्यूनतम समान ज्यालाको प्रत्याभूति गरिनेछ ।
– सहयोगापेक्षी सडकमानव मुक्त स्थानीय संरचना निर्माण गरिनेछ ।
– नीति निर्माणमा बिज्ञ, सरोकारवाला तथा ज्येष्ठ नागरिक, महिला, बालबालिका, दलित, लोपोन्मुख जनजातिको अर्थपूर्ण सहभागिता सुनिश्ति गरिनेछ ।
– भयरहित र सुरक्षित आवतजावतका लागि टोलटोलमा सडक वत्ती, सीसी क्यामरा लगायतका सुरक्षा संयन्त्रको व्यवस्था  गरिनेछ ।
– गरिव किसान तथा मजदुरहरूको मर्यादित र सुरक्षित  जीवनका लागि विशेष कार्यकम सञ्चालन गरिनेछ ।
– सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुका लागि उचित बासस्थानको व्यवस्था गरिनेछ ।
– प्रत्येक वार्डमा सामुदायिक प्रहरी केन्द्र स्थापना गरिनेछ ।

युवा खेलकुद र रोजगार
– सबै वालिग नागरिकलाई मर्यादित रोजगारीमा पहुँचः १८ वर्ष माथिकालाई रोजगारीको अवसर सुनिश्चित गरिनेछ ।
– पर्यटन क्षेत्रमा शिप युक्त जनशक्तिलाइ स्थानीय पर्यटन व्यवसायमा रोजगारीका लागि रोजगारदातासँग नगरपालिकाले सहजीकरण कार्यक्रम सञ्चालन गरिनेछ ।
– युवा स्वरोजगार र उद्यमशीलताको कार्यक्रम कार्यान्वयन गरिनेछ ।
– युवा, महिला र अपाङ्गता भएका व्यक्तिहरूका लागि उद्यमशीलता र व्यवसायको अवसरको प्रत्याभूति गरिनेछ ।
– रोजगार प्रवद्र्धन केन्द्र मार्फत सरकारी तथा निजि क्षेत्रको रोजगारीका लागि युवा जनशक्तिको शिप र ज्ञान अभिवृद्धि केन्द्र संचालन गर्ने ।
– युवा महिला उद्यमशिलता विकासका लागि विषेश कार्यक्रम लागु गरिनेछ ।
– बैदेशिक रोजगारीबाट फर्केकाहरूलाई उद्यमशीलता प्रवर्धनमा बिशेष कार्यक्रम लागु गरिनेछ ।
– नगर रंगशाला निर्माण गरिनेछ ।
– प्रत्येक वार्डमा सुरक्षित खेलकुद मैदान निर्माण तथा युवा खेलकुद प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिनेछ ।
– व्यवसायिक खेलाडिहरुको उत्पादन गर्न लगानी गरीनेछ साथै खेल प्रशिक्षण विशेष कार्यक्रम लागु गरिनेछ ।
– युवा नेतृत्व विकास तथा खेलकुद विकासका लागि स्थानीय क्लब निर्माण तथा सहयोग कार्यक्रम सञ्चालन गरिनेछ ।
– अधिकार सम्पन्न नगर युवा परीषदको स्थापना गरीनेछ ।

 शहरी संरचना र औद्योगिक बिकास
– साना र मझौला उद्योगहरूको विस्तार र वजारीकरण गर्न विशेष व्यवस्था मिलाइनेछ ।
– नगर लगानी सम्मेलन आयोजना गरी उद्योग व्यबसाय प्रवद्र्धन गरिनेछ ।
– मण्डनदेउपुर सहरी बिकास परियोजना मार्फत सहर निर्माण र बिकाशको मापदण्ड तयार गरि लागु गरिनेछ ।
– मण्डनदेउपुर औद्योगिक ग्राम संचालन गर्न संरचना बिकाश गरीनेछ ।
– वातावरणमा प्रतिकुल प्रभाव पार्ने खानीजन्य उद्योगलाई व्यवस्थित गरीनेछ । इँटा लगायतका उद्योग विस्थापित गरि बातावरण मैत्री निर्माण सामग्री उत्पादन उद्योग स्थापनालाइ प्रोत्साहन गरीनेछ ।
– युवा उद्यमी प्रोत्साहन कार्यक्रम मार्फत नवप्रवर्धन उद्यमशीलता प्रवर्धन गरिनेछ ।
– भवन आचारसंहिता, भू-उपयोग नीति आदिको निर्माण गरी कडाइका साथ लागु गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.