काठमाण्डौं महानगरपालिकाका मेयर साह सहित निर्वाचित पदाधिकारीहरूले लिए सपथ

काठमाण्डौं । काठमाण्डौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन्द्र साह एवं उपमेयरमा निर्वाचित सुनिता डंगोलले सपथ ग्रहणसँगै पदभार सम्हालेका छन् ।

राष्ट्रिय सभागृहमा भएको सपथग्रहण तथा प्रमाणपत्र कार्यक्रममा नगरप्रमुख बालेन्द्र साहलाई मुख्य निर्वाचन अधिकृत एवं प्रमुख जिल्ला न्यायाधीश राजु कुमार खतिवडाले सपथग्रहण गराएका थिए ।

त्यसैगरी कार्यक्रममा बोल्दै खतिवडाले आगामी चुनाबमा वैज्ञानिक पद्धति अपनाई छिटो नतिजा निस्कने वातावरण बन्नुपर्नेमा जोड दिदै भने ‘अहिलेको गणना लामो कथा बन्ने स्थिति भयो आगामी चुनावी गणना लघुकथा बन्न सकोस् ।’

कार्यक्रममा साहले नेपाली भाषासँगै नेवारी भाषामा सपथ लिएका थिए । सपथग्रहण क्रममा मेयरले उपमेयर डंगोल लगायत ३२ वडाका वडाध्यक्षदेखि वडासदस्य लगायतका पदाधिकारीहरूलाई सपथ गराएका थिए । उपमेयर सुनिता डंगोलले भने नेपाल भाषा (नेवारी भाषा)मा सपथ लिएकी थिइन् ।

आजै मेयर एवं उपमेयले बागदरबार स्थित पालिका कार्यालयमा पदभार ग्रहण समेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.