कटुवाल र श्रेष्ठको नयाँ तीज गीत ‘घण्टा’ चर्चामा

काठमाण्डौं । स्मृति म्युजिक प्रा.लि. को नयाँ तीज गीत ‘घण्टा’ यतिखेर चर्चामा छ ।  ‘घण्टा’ गीतमा गायक प्रकाश कटुवाल र गायिका उमा श्रेष्ठको सुमधुर आवाज रहेको छ ।

गीतका शब्दहरुलाई सर्जक विनोद ढकालले लेखेका हुन् । मारुनी स्टुडियोमा रेकर्ड गरिएको गीतमा संगीत संयोजन गायक कटुवालकै रहेको छ । गीतलाई गायक ‘प्रकाश कटुवाल’ आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीतको परिवेशमा रहेर ख्यालठट्टा शैलीमा गीतको भाव, लय र शब्द प्रस्तुत गरिएको छ । गीतको भिडियोमा कलाकार बुद्धि तामाङ्ग (हैट) र ज्योति मगरलाई मुख्य भूमिकामा प्रस्तुत गरिएको छ । अभिनयात्मक शैलीमा निर्माण गरिएको भिडियोमा बीचबीचमा बोलिने संवादले सुनमा सुगन्ध थपेको छ । नृत्य निर्देशक शंकर बिसीले निर्देशनमा बनेको सुन्दर गीति चलचित्रलाई दुर्गा पौडेलले खिचेका हुन् भने नविन घर्ति मगरले कुसल सम्पादन गरेका छन् ।

गीतलाई दुई हप्ताको छोटो अवधिमा नै ७ लाख ६८ हजार भन्दा धेरै पटक हेरिसकिएको छ । दर्शक स्रोताको अपार माया पाएपछि गीतको निर्माण पक्ष खुसी छ । दर्शकको मायाले गर्दा आफूलाई नयाँनयाँ गीति कोसेली पस्कन प्रेरित गर्ने गायिका उमा श्रेष्ठले बताईन्।

 

गीतलाई तलको लिङ्क भएर वा  ‘Prakash Katuwal’ युट्युब च्यानलमा गएर हेर्न सकिन्छः 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.