लामखुट्टेको लार्भा नष्ट गर्न जैविक विधि प्रयोग गर्दै महानगर

काठमाडौं। काठमाडौमा डेंगी रोग फैलन नदिन लाम्खुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलो पल्ट वायो लार्भिसिद ( bio larvicide ) प्रयोग गर्न सुरु गरिएको छ ।

औषधि जैविक भएकाले यसले लामखुट्टे र त्यसका लार्भालाईबाहेक कसैलाई पनि हानी महानगरले जनाएको छ । उक्त

‘औषधिलाई पानीको माथिलो भागमा छर्कनु पर्दछ । यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ । यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ । यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ’ काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले उल्लेख गर्छन् ।

औषधिले डेंगीसहित, फिलारिया, औलो (मलेरिया), चिकन्नीयाजस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुने महानगरले जनाएको छ।

यससँगै डेङ्गी रोगको बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० बाट २४ सै घण्टा सञ्चालनमा रहेको छ ।

काठमाडौं महानगरपालिका अन्तर्गत अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको महानगर प्रमुख बताउँछन् ।

स्वास्थ्य प्रवर्धन केन्द्रहरुमा डेंगी रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जल लगायत आवश्यक औषधिको वितरणको व्यवस्था सहज रुपमा मिलाइएको महानगरपालिकाले जनाएको छ।

पछिल्लो समय धरान उपमहानगरपालिका डेंगीको हट स्पट बनेसँगै काठमाडौँ महानगरपालिका यसको रोकथाममा अघि बढेको छ। देशकै राजधानी भएकाले काठमाडौं लामखुट्टे लगायतका कीटजन्य रोगको उच्च जोखिममा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.