साङङाग दोर्जे छोयालिङ गुम्बालाई तमू समाज युकेद्वारा आर्थिक सहयोग

पर्वत । तमू समाज युकेले पर्वतस्थित साङङाग दोर्जे छोयालिङ गुम्बालाई सोमबार एक भव्य समारोहकाबीच रु. ७ लाख ७० हजार पाँच सय आर्थिक सहयोग हस्तान्तरण गरेको छ। समाजका अध्यक्ष शिवकुमार गुरुङले गुम्बाको पुनः निर्माण र स्तर उन्नतिका लागि उक्त रकम हस्तान्तरण गरेको जनाएका छन् ।

सो आर्थिक सहयोग रकममा तमू समाज युके रु. १ लाख,अध्यक्ष शिवकुमार गुरुङ र श्रीमती मीना गुरुङबाट रु. १ लाख १ सय उनन्साठी,तमू समाज युकेका आमा समिति अध्यक्ष उमादेवी गुरुङ,सल्लाहकार श्रीमान रामचन्द्र गुरुङबाट रु.१ लाख ५,सल्लाहकार उदय गुरुङ,श्रीमती बिमला गुरुङबाट रु. १ लाख १ सय ८ र रु. ३ लाख ७० हजार २ सय अठ्ठाईस रुपैयाँ तमू समाज युकेका कार्य समितिका सदस्यहरु,आजीवन सदस्यहरुबाट संकलन गरि हस्तान्तरण गरिएको हो ।

उक्त आर्थिक संकलन कार्यमा तमू समाज युकेका महासचिव धरम बल ग्य्रुङ,कोषाध्यक्ष खेमबहादुर गुरुङ,संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र आमा समूहकि अध्यक्ष उमादेवी गुरुङले महत्वपूर्ण भूमिका निभाउनु भएको समाजका अध्यक्ष शिबकुमार गुरुङले बताउनु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा तमू समाज युकेका अध्यक्ष गुरुङले पर्वत जिल्लामा रहेको २ सय ४४ वर्ष पुरानो गुम्बाको पुनः निर्माण गरेर अझ देश विदेशमा प्रचार-प्रसार गरि सबैको साझा धार्मिक स्थलको रूपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो ।

समाजका सल्लाहकार मनोज गुरुङले पर्वत जिल्लाको कुश्मा न.पा.-१४, आर्थरडाँडाखर्कमा रहेको साङङाग दोर्जे छोयालिङ गुम्बा वि. सं. १८३६ मा स्थापना गरिएको भनिए तापनि त्यो भन्दा पहिला नै स्थापना हुनसक्ने भएकोले थप अनुसन्धान गर्नपर्नेमा जोड दिदैं,त्यो ठाउँमा पृथ्वीनारायण शाहबाट वि.सं.१७८१ र १७८७ मा बाइसे र चौबीसे राज्य एकीकरण गर्ने क्रममा गुम्बाको लागि बिर्ता पाएको बुझाइ रहेको बताउनुभयो । गुरुङकै पहलमा गुम्बा पुनः निर्माणका लागि नेपाल सरकार,शहरी विकास मन्त्रालयबाट रु. ३० लाख सहयोग प्राप्त भएको छ ।

त्यस्तै कार्यक्रममा समाजका प्रमुख सल्लाहकार क्या.लालप्रसाद गुरुङ, सल्लाहकार शेरबहादुर गुरुङ र अध्यक्ष स.ई कमल गुरुङले पर्वत जिल्लाको पुरानो गुम्बा भएपनि विकास हुन नसकेको र शिथिल भएको अवस्थामा यसको पुनः निर्माणको कार्य थालनी गरेकोमा देश विदेशबाट प्राप्त सहयोगले थप हौसला बढेको बताउनुभयो ।

समाजका प्रमुख सल्लाहकार क्या. लालप्रसाद गुरुङले भान्सा र सभाहलको लागि नयाँ भवन बनाउन जग्गा दान समेत गर्नुभएको छ ।

कार्यक्रममा श्री पञ्च कोशी आर्थर डाँडाखर्क समाज पोखराका अध्यक्ष तथा साङङाग दोर्जे छोयालिङ गुम्बा पुनः निर्माण समिति अध्यक्ष स.ई.कमलगुरुङ, पदाधिकारी, सदस्यहरु, समितिका सल्लाहकारहरु, धर्म गुरुङ जन्ता लामा गुरु, आमा समूहका अध्यक्ष रुकमेणी गुरुङ लगायत आमा समूहका दिदी बहिनीहरुले प्रमुख अतिथि तथा तमू समाज युकेका अध्यक्ष शिबकुमार गुरुङलाई भब्य स्वागत तथा सम्मान गरेका थियो।

साङ ङाग दोर्जे छोयालिङ गुम्बाको पुन निर्माण समितिका अध्यक्ष स.ई. कमल गुरुङको सभाअध्यक्षतामा भएको १५ औं वैठक तथा रकम हस्तान्तरण कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष ना.सु.मेख बहादुर गुरुङ र कार्यक्रमको सञ्चालन सचिव रतनबहादुर गुरुङले गरेको पोखराबाट संचारकर्मी खिमा गुरुङले जनाएकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.