रहेनन् वरिष्ठ संस्कृतिविद् ज्ञानकाजी मानन्धर

बनेपा । बरिष्ठ संस्कृतिबिद् ज्ञानकाजी मानन्धरको निधन भएको छ ।

मानन्धर संस्कृतिका मर्मज्ञ, दीर्घकालीन शिक्षासेवी र साहित्यकार पनि थिए । उनले नेपाली, नेपाल र अंग्रेजी भाषामा समेत कलम चलाएका छन्।

लामो समयदेखि शिक्षा, साहित्य र संस्कृतिको क्षेत्रमा कलम चलाउँदै आएका मानन्धरको व्यक्तित्व र कृतित्व चिनाउने धेरै खोजमूलक लेखहरू र पुस्तकहरु प्रकाशन छन् ।

उनी केही समय अघि देखि बिरामी भएको र उपचार गराइरहेका थिए । उनको निधनले काभ्रेको माटोमा साहित्य र संस्कृतिको क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।

मानन्धर आजाद मा बि बनेपाका पुर्व शिक्षक पनि थिए । काभ्रे जिल्लामा अङ्ग्रेजी बिषयमा पहिलो बि. एड. गर्ने ब्यक्ति तथा बनेपाका इतिहासका पिता समेत ज्ञानकाजी मानन्धरलाई चिनिँदै आएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.