सहयात्राले दियो आलु खेती तालिम

पनौती । पनौती नगरपालिकाबाट उत्कृष्ट सहकारीको रुपमा सम्मानित सहयात्रा देवीस्थान बहुउद्देश्यीय सहकारी संस्था लि.ले आलुखेती तालिम प्रदान गरेको छ । तालिम कार्यक्रम यही माघ १९ र २० गते सम्पन्न भएको छ ।

तालिम ‘आलुखेती प्र्रबिधी तथा उद्यमशिलता अभिमुखिकरण तालिम’ ज्ञान बिकास पुस्तकालय पनौतीको तालिम हलमा सम्पन्न भएको हो । संस्थाको देवीस्थान सेवाकेन्द्र, ऐरिगाँउ र महांकाल सेवा केन्द्र खरिबोट समुदायका सदस्यहरुको माग बमोजिम उक्त तालिम आयोजना गरिएको थियो ।

तलिममा सहजकर्ताहरु देब तामाङ, यादब सुबेदी र गणेश कुमार श्रेष्ठले माटो तथा मल सुधार, बिउ छनोट, मल्चीङ प्रबिधी, बिषादी ब्यवस्थापन तथा न्यूनिकरण, प्राङगारीक÷हरियो ÷गोठमल सुधार, संगकिरा व्यवस्था ब्यवसायिकता तथा उद्यमशिलता अभिबृद्धि विषयहरुमा सहजिकरण गरेका थिए ।

तालिम समापन समारोहमा ३७ जना सहभागी किसानहरुलाई प्रमाण–पत्र वितरण गर्दै संस्थाका अध्यक्ष गोविन्द प्रसाद न्यौपाने तथा सचिब हरिशंकर तिमल्सिनाले तालिमको औचित्य, किसानहरुबाट अपेक्षा सहितको आ–आफ्नो मन्तब्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.