उद्योग वाणिज्य संघ काभ्रेमा प्रताप वैद्यको नेतृव

बनेपा । काभ्रे उद्योग वाणिज्य संघ व्यवसायी प्रताप वैद्यको नेतृत्वमा अगाडि बढ्ने भएको छ । संघको ४२ औँ अधिवेशन तथा साधारण सभाबाट अध्यक्ष पदमा प्रताप वैद्य विजयी भएका छन् । जेठ १९ गते शनिबार सम्पन्न भएको मतदानबाट वैद्यको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । उनले ४ सय ८७ मत प्राप्त गरेका छन् ।

जितेर गए पनि नमात्तिनु, हारेर गएपनि नआत्तिनु भन्ने पुर्खाको मान्यतालाई शिरोपर गर्दै अगाडि बढ्ने नव निर्वाचित अध्यक्ष वैद्यको भनाइ छ ।  निर्वाचित भएसँगै अध्यक्ष वैद्यले क्षमताको आधारमा सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । आफ्नो कार्यकालमा साना व्यवसायी  र ठुला व्यवसायीको समस्यालाई सम्बोधन गर्ने वैद्यले बताए । देशमा स्वरोजगार युवा बनाउन युवा स्वरोजगार तालिम, उद्यमशीलताको विकास गरिने वैद्यले बताए ।

उनका निकटतम प्रतिस्पर्धी राजन मानन्धरले ४ सय ५७ मत पाएका छन् । त्यसै गरी अर्का अध्यक्ष पदमा उम्मेदवार बसन्त नारायण भोछिभोया १ सय १७ मत पाए ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा व्यवसायी रविन्द्र वैदार ६ सय ४३ मतका साथ बिजयी भएका छन् ।

उपाध्यक्षमा उमेश रत्न शाक्य र सुरेस भक्त भोछिभोया बिजयी भएका छन् ।

महासचिवमा ५ सय ६९ मतका साथ रजित पलाञ्चोके निर्वाचित भए । त्यस्तै संघको कोषाध्यक्षमा मानकाजी प्रधान विजयी भएका छन् । उनले ५ सय २४ मत पाएका छन् । त्यसैगरी मुख्य संयोजकमा विज्ञान धौगोडा, सचिवमा ५ सय ७८ मतका साथ कृष्णलाल श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी सह सचिवमा रामकुमार श्रेष्ठ , सह कोषाध्यक्षमा श्याम कुमार भालु निर्वाचित भएका छन् भने सह मुख्य संयोजकमा रवि तौजले विजयी भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.