मानसिक स्वास्थ्य प्रवर्धन गर्न काभ्रे रोटरीको आयोजनामा वृहत अनुशिक्षण कार्यक्रम सम्पन्न

बनेपा । पछिल्लो समय असामान्य रुपम प्रसय पाएको आफैलाई हानी गर्ने, स-सानो विषयमा आत्महत्या गर्ने विकृत घटना बढ्दै गएकोमा त्यसको न्युनीकरणका लागि रोटरी क्लब अफ काभ्रे भ्याली र रोटरी क्लब अफ काभ्रे-बनेपाले संयुक्त रुपमा अनुशिक्षण कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतमले समाजमा विद्यमान विभिन्न समस्या मध्येको एक आत्महत्या न्यूनिकरणका लागि समाजका सबै तह र तप्काले जुझारु भएर लाग्नु पर्ने बताउनु भयो । उहाँले मानसिक अस्वस्थताका धेरै लक्षणहरू १४ वर्षको उमेरभन्दा अगाडि देखि नै शुरू हुने भएकोले रोटरीले आयोजना गरेको यो महत्वपूर्ण कार्यक्रमले समाजलाई केही सन्देश पुग्ने विश्वास राख्दै समुदाय स्तरमा मानसिक स्वास्थ्यमा सचेतनाका कार्यक्रमहरू लैजान आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा पुरुषोत्तमराज सेंढाईले हृदयबाट सोची हृदयबाट कर्मगरी व्यवहारमा उतार्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा मानसिक जन्य असहज अवस्था सिर्जित भएमा ११६६ नम्बरमा नि:शुल्क फोन गरी मेन्टल हेल्थ प्रोफेसनलसँग सल्लाह, सुझाव लिन वा आफूलाई सहज हुने व्यक्तिसँग भावना साटासाट गर्न आग्रह गरिएको थियो ।

कार्यक्रममा पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन काभ्रेका अध्यक्ष श्याबहादुर भुजेल लगायतले व्यक्तिमा उत्पन्न हुने भाव र यसबाट सिर्जना हुने मानसिक स्वास्थ्यको प्रवद्र्धन र मानसिक स्वास्थ्य समस्याको रोकथाम र आत्महत्याको प्रयास रोक्न आ–आफ्ना ठाउँबाट योगदान दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा वक्ताहरुले व्यक्तिहरुलाई आवश्यक मनोपरामर्श सेवा र उपचारका लागि तालिम प्राप्त स्वास्थ्यकर्मीहरु, मनोविदहरु तथा विशेषज्ञहरुमार्फत सेवाको पहुँचका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले छुट्टै कार्यक्रम बनाएर जानुपर्ने बताउनुभयो ।

कार्यक्रमका सभापतित्व रोटरी क्लब अफ काभ्रे बनेपाका वर्ष २०२३–२४ अध्यक्ष केशवप्रसाद बडालले मानवमा विद्यमान भावहरु आवेग, संवेग, उदवेगका कारण मानव छोटो समयमा निर्णय लिन पुग्ने र यसको नतिजा जीवन कालभर पिडादायी हुनसक्ने भएकाले यस प्रकारका समस्या न्यूनिकरणका लागि आयोजित कार्यक्रमले समाजलाई लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सेप्टेम्बर १० मा मनाइने विश्व आत्महत्या रोकथाम दिवसको पूर्वसन्ध्यामा कार्यक्रम आयोजना गरिएको बताउनु हुँदै मानसिक स्वास्थ्यको प्रवद्र्धन र मानसिक स्वास्थ्य समस्याको रोकथाम र ती भावहरुबाट ग्रसित भएका व्यक्तिहरुलाई आवश्यक मनोपरामर्श सेवा र उपचारका लागि तालिम प्राप्त स्वास्थ्यकर्मीहरु, मनोविद्हरु तथा विशेषज्ञहरुमार्फत सचेतना सञ्चारित गरिएको बताउनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै रोटरी क्लब अफ काभ्रे भ्यालीका वर्ष २०२३–२४ का अध्यक्ष रिकेश कायष्ठले प्राथमिकताका वर्ग तथा क्षेत्रहरुमा मानसिक स्वास्थ्यलाई पनि एकीकृत गर्दै कार्यान्वयनको प्रक्रिया अगाडि बढाउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा जिसस प्रमुख दिपककुमार गौतम, रोटरियन तथा कर्ड नेपालका वरिष्ठ मनो सामाजिक परामर्शदाता वीरबहादुर लामा, मनोसामाजिक परामर्शदाता प्रशानी श्रेष्ठ, मनोसामाजिक परामर्शदाता भूमिका सारु मगर, बनेपाका विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक,  विद्यार्थी, सेना, प्रहरी, विभिन्न संघ संस्थाका प्रमुख, स्थानीय जनप्रतिनिधि लगायत को उपस्थिति रहेको थियो  ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.