माध्यमिक तहको लाइसेन्स परीक्षा सम्पन्न 

काठमाडौं शिक्षा सेवा आयोग माध्यमिक तहको शिक्षक अनुमतिपत्र ( लाइसेन्स) को परिक्षा सम्पन्न भएको छ।

पद्मदोय मा वी रामशाहपथ केन्द्रमा भएको परीक्षा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको काठमाडौं महानगर पालिका शिक्षा बिभागका शिक्षा अधिकृत एवं केन्द्राध्यक्ष मोतिप्रसाद भट्टराईले जानकारी दिनुभयो।

उक्त केन्द्रमा २५७ परिक्षार्थी सहभागी हुनुपर्नेमा १६ जना अनुपस्थित रहेको केन्द्राध्यक्ष भट्टराईले जानकारी दिनुभयो।

काठमाडौं जिल्लामा कायम भएका ३४ वटा परीक्षा केन्द्रमा आजै लाइसेन्स परीक्षा सम्पन्न भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.