एक्सप्रेस साकोसको पन्ध्रौै बार्षिक साधारणसभा तथा स्थापना दिवस सम्पन्न

बनेपा । बनेपा स्थित एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाको पन्ध्रौ बार्षिक साधारणसभा तथा बार्षिकोत्सव सम्पन्न भएको छ । कार्यक्रम यही भाद्र २३ गते संस्थाको कार्यालय भवनमा आयोजना भएको थियो ।

संस्थाका अध्यक्ष देवसागर लामाको सभापतित्वमा संचालक समिति, लेखा तथा सुपरिवेक्षण समिति तथा विभिन्न उपसमितिहरु, कर्मचारी वर्ग र सदस्यहरुको उत्साहजनक सहभागितामा सौहार्द वातावरणमा सदस्यहरुसँग छलफल तथा अन्तरक्रिया गर्दै संस्थाले आफ्नो १५ औं बार्षिक साधारणसभा तथा स्थापना दिवस सम्पन्न गरेको संस्थाका  प्रमुख कार्यकारी अधिकृत अरुण थापाले जानकारी दिनुभयो ।

यस वर्ष संस्थाको निर्वाचन वर्ष समेत रहेको हुँदा अधिवक्ता तथा निर्वाचन समितीका संयोजक कमल प्रसाद तिमल्सिनाको निर्वाचन उपसमितीले ईश्वर के.सी.को अध्यक्षतामा ९ सदस्यीय संचालक समिती र पुजन श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय लेखा तथा सुपरिवेक्षण समिती समेत निर्विरोध निर्वाचित गरेको छ । नव निर्वाचित अध्यक्ष विगत लामो समय देखि कोषाध्यक्षको भूमिकामा जिम्मेवारी निभाउँदै आउनु भएको थियो ।

निर्वतमान अध्यक्ष देवसागर लामाले नव नेतृत्वलाई शुभकामना ब्यक्त गर्दै संस्थाको उत्तोरत्तर प्रगतीको कामना गर्नुका साथै एक्सप्रेस साकोसप्रति विद्यमान परिस्थितीमा पनि सदस्यहरुले देखाउँनु भएको माया, विश्वास र सद्भाव प्रति सम्पूर्ण सदस्यहरु, सरोकारवाला निकाय, शुभचिन्तक महानुभावहरु सबैलाई हार्दिक आभार ब्यक्त गर्नुभयो ।

नव निर्वाचित अध्यक्ष ईश्वर के.सी.ले अबका दिनमा अझै प्रवाभकारी रुपमा ऐन–नियम र विनियमको परिधीमा रहि स्तरीय र दिगो संस्थाको रुपमा सदस्यहरुलाई केन्द्रमा राखी पूर्ण जिम्मेवारी र जवाफदेहिताका साथ सदस्य माझमा कार्य गर्ने प्रतिबद्धता जनाउँनु भयो र अव चाँडै नै संस्थाले आफ्ना सदस्यहरुलाई प्रविधी मैत्री सेवा अन्र्तगत मोबाईल र एस.एम.एस. बैंकिङ्ग सेवा पनि शुरु गर्न लागेको जानकारी दिनुभयो ।

संस्थाले आ.व.को अन्त्यसम्म सदस्यहरुको विश्वास र कारोबारलाई स्थिरता कायम गर्न सक्षम भएको देखिन्छ । संस्थाको सम्पत्ति तथा दायित्व रु.२६,४६,९५,९१६।३० बराबरको रहेको छ । संस्थामा शेयर पूँजी १,७९,६८,०००।०० रहेको छ । पल्र्स रिपोर्ट अनुसार संस्थामा २५.९५% तरलता ब्यबस्थापन रहेको छ । यस आ.व.मा संस्थाले खुद बचत (नाफा) रु.७५,०९,४१९।४० गर्न सफल भएको छ । संस्थाले जगेडा लगाएत अन्य कोष हिसावहरुमा आ.व. को अन्यसम्ममा रु. ३,२५,७१,१९३।६७ निर्माण गर्न सफल भएको छ । संस्थाले आ.व. २०७९÷०८० मा विभिन्न शिर्षक मार्फत राज्यकोषलाई १३,९६,१२५।२५ बराबरको कर योगदान गरेको छ ।

वर्तमान समयमा संस्था, सदस्य, सामाजिक सञ्जाल प्रयोगकर्ता, मिडियाकर्मी साथीहरुले संयमतापूर्वक आफ्ना गतिविधीहरु सकारात्मक ढंगबाट परिचालन गर्न सकेमामात्र समग्र सहकारी अभियानको सुधार भै संस्था र सदस्य दुवैको सामाजिक, साँस्कृतिक र वित्तिय जिवन सरल, सहज भै बजारमा समेत आर्थिक गतिविधी चलायमान हुने हुनाले संयमता र सकारात्मक सोच आजको आवश्यकता हो भन्दै एक्सप्रेस साकोसले स्थानीय संस्थाको रुपमा आफ्ना सदस्यहरुको माझमा कारोबारको दृष्ट्रिकोणले विश्वास र सद्भावको वातावरण सृजना गरि सुरक्षित, सबल एंव सहज सहकारी संस्थाको रुपमा परिचय बनाएको र एक्सप्रेस साकोस प्रतिको विश्वास, सद्भाव र सदस्यहरुको सकारात्मक भूमिका प्रति संस्थाका प्रमुख कार्यकारी अधिकृत  थापाले कृतज्ञता ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.