विदेशी भूमिमा फसेका नेपाली युवाको रिहाको लागि रास्वपाको ध्यानाकर्षण

बनेपा । राष्ट्रिय स्वतन्त्र पार्टीले रुसी सेनामा भर्ना भएका हाल रुस र युक्रेन बिचको युद्धको क्रममा युक्रेनी सेनाको नियन्त्रणमा रहेका काभ्रेपलान्चोक जिल्ला मण्डनदेउपुर नगरपालिकाका सिद्दार्थ ढकाल लगायत सम्पुर्ण नेपालीहरुको यकिन विवरण पत्ता लगाइ उनीहरूलाई नेपाल फर्काउन सरकार समक्ष आग्रह गरेको छ ।

साथै प्यालेस्टाइनी बिद्रोही समूह हमासको  नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको तत्काल मुक्तिका लागि सम्भव भएसम्मका सबै कुटनीतिक पहल गर्न परराष्ट्रमन्त्री एनपी साउदको ध्यानाकर्षण गराएको छ ।

मन्त्री साउद र रसियन एम्बेसिलाई पार्टीको ध्यानाकर्षण–पत्र बुझाईएको रास्वपा बागमती प्रदेश सदस्य एवम् काभ्रे जिल्ला संयोजक प्रबिनकुमार ढकालले जानकारी दिए । ध्यानाकर्षण पत्र रास्वपाका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख तथा सांसद शिशिर खनाल, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी, सांसद अशोककुमार चौधरी एवं बागमती प्रदेश सदस्य एवम् काभ्रे जिल्ला संयोजक प्रबिनकुमार ढकालले संयुक्त रुपमा बुझाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.