एनसेल वुमन आइकन आईसीटी सुनैना घिमिरे पाण्डेलाई

काठमाडौं । एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२३ बाट सुनैना घिमिरे पाण्डे सम्मानित भएकी छन् । शुक्रबार राजधानीमा भएको आईसीटी अवार्ड २०२३ कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले घिमिरेलाई यो विधामा अवार्ड प्रदान गरिन् ।

अवार्डसँगै उनलाई नगद ३ लाख रूपैयाँ प्रदान गरिएको छ ।

जनरल टेक्नोलोजीकी प्रबन्ध निर्देशक सुनैना सूचना प्रविधिको क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव बटुलेकी व्यक्ति हुन् । साथै उनले क्यान महासंघमा सचिव, महासचिव र पहिलो महिला उपाध्यक्ष भएर समेत काम गरेकी छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.