इसिमोडसँग ७ पालिकाको सम्झौता

काठमाडौ । काभ्रेपलाञ्चोक जिल्लाका ७ स्थानीय सरकारले पानीको मुहान संरक्षण गर्न इसिमोडसँग सम्झौता गरेका छन् । जिल्लाको नमोबुद्ध, पनौती, धुलिखेल, पाँचखाल नगरपालिका तथा रोशी, बेथानचोक, तेमाल गाउँपालिकाले प्रकृतिमा आधारित समाधानका माध्यमबाट मुलाधार संरक्षण कार्यक्रमका निम्ती अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) सँग आशय पत्रमा हस्ताक्षर गरेका हुन् । पानीको असुरक्षालाई सम्बोधन गर्न, समुदायको नेतृत्वमा, समुदायका मुलहरुको पहिचान, अवस्थाको मुल्यांकन तथा सन्कटासन्न मुहानहरुको पुर्नजिवित गर्ने नयाँ अभियानमा एक्क्यबद्धता जनाउदैं समाधान गर्ने प्रतिबद्धता उक्त पालिकाका प्रमुखहरुले गरेका छन् ।

इसिमोडका मूलाधार व्यवस्थापन प्रबन्धक निर्देशक संजीव भुचरजीले हिन्दुकुश हिमालयमा पानीको मुहान क्रमश सुक्दै जानु आजको प्रमुख समस्या रहेको बताए । तर अहिलेसम्म उक्त विषयमा पर्याप्त ध्यान वा लगानी नभएको समेत उनको जिकिर थियो । पहाडी समुदायको पिउने पानी, गाईवस्तुका लागि पानी र बालीनालीका लागि पानीको निरन्तर पहुँच सुनिश्चित गर्नु, पानीको अभाव विस्थापन गर्नु, पानीको विवादहरू न्युनिकरण गर्नु अहिलेको मुलभुत आवश्यकता रहेको उनले बताए । मुलाधार व्यवस्थापनका उदाहरणिय मुल संरक्षण तथा पुनरुत्थानका कार्यक्रमहरुमा स्थानीय सरकारसँग भएको सम्झौताले अन्य पालिकाहरूलाई आफ्नो बजेट र योजनामा मुलाधार व्यवस्थापन अपनाउन प्रेरित गर्ने उनको भनाई थियो । पानीको मुहान संरक्षण गर्न स्थानीय सरकारको पनि चासो, समर्थन हुनु र काभ्रे जिल्लाका पालिकाहरुले लिएको अग्रसरताले थप उर्जा प्रदान गरेको भुचरजीले बताए ।

पालिका प्रमुखहरुले उक्त कार्यमा आफ्नो तर्फबाट हुन सक्ने सहयोग र सहकार्यका निम्ति प्रतिबद्धता व्यक्त गरेका थिए । नमोबुद्ध नगरपालिकामा ४ सय ४४ मुहानको २०२३ मा गरिएको सर्वेक्षण अनुरुप २० प्रतिशत मुहानहरू सुकिसकेको अवस्थामा छन भने प्राय सबै मुहानमा पानीको प्रवाहमा कमी आएको छ । समझौतामा इसिमोडले पानीको मुहानहरूको स्थान र स्थितिको विवरण सहित, जल तथा भौगर्भिक विज्ञानको अध्ययनको आधारमा पुनर्भरण क्षेत्र पहिचान, सुधारिएको मुहानहरूको प्रवाह र पानीको गुणस्तर, जैविक विविधताको अवस्था, जलवायु सह–लाभहरूको मूल्यांकनजस्ता गतिविधिहरु कार्यान्वयन गर्नका लागि सहायता गर्ने उल्लेख छ ।

हिन्दुकुश हिमालय क्षेत्रमा रहेका लगभग ९० लाख मुहानहरूले पानीको महत्वपूर्ण स्रोतको रूपमा सेवा प्रदान गर्दै आइरहेका छन । तथापि, जलवायु परिवर्तन, भूमिगत पानीको अत्यधिक उत्खनन र भूमि प्रयोग परिवर्तन जस्ता जल्दाबल्दा समस्याका कारण पानीका मुहानहरू जोखिममा पर्दै गइरहेका छन । विषेशगरी पानी संकलनमा नेतृत्वदायी भूमिका खेलिरहेका महिला तथा किशोरिहरुको सहजताका निम्ति मुल तथा मुहानहरुको पुनरुत्थानलाई समुदाय स्तरमा सम्भव गराउन सक्नु पर्दछ ।

इसिमोडका महानिर्देशक पेमा ग्याम्त्सोले पानीको असुरक्षा, समुदायमा प्रभाव र यसको प्रभावलाई न्युनिकरण गर्नु, हिन्दुकुश हिमालय क्षेत्रमा रहेका सबै आठ सदस्य राष्ट्रहरूको प्रमुख चिन्ताको विषय रहेको बताए । बेलायती सरकारको फरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट अफिसको आर्थिक सहयोगमा सञ्चालित हिमालयन रेजिलियन्स इनेबलिङ एक्शन प्रोग्राम कार्यक्रम अन्तर्गत प्रकृतिमा आधारित समाधानको विश्वव्यापी मापदण्ड अनुरुप, नगरपालिका तथा साझेदारहरुसंँग सहकार्य गर्दै करीब ७५० वर्ग कि मि क्षेत्रफलको बृहत रुपमा मुलाधार व्यवस्थापन गतिविधिहरू विस्तार गर्न लागिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.