पनौती नगरपालिका वडा नं ५ बालश्रममुक्त वडा घोषणा

पनौती । जिल्लाको पनौती नगरपालिका वडा नं ५ लाई बालश्रममुक्त वडा घोषणा गरिएको छ ।

मंगलबार वडा कार्यालयमा आयोजित समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब, बाल क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन विपरितको बालश्रममा प्रयोग नगर्ने हस्ताक्षरित प्रतिबद्धता सहित पाँच नम्बर वडा लाई बालश्रममूक्त वडा घोषणा गरिएको हो ।

वडालाई पनौती नगर प्रमुख रामशरण भण्डारी उपप्रमुख गीता बन्जरा, वडा अध्यक्ष बिनोद खत्रीले संयुक्त वडालाई बालश्रममुक्त वडा घोषणा गरिएको छ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख भण्डारीले बालश्रम कानुन विपरितको कार्य र सामाजिक अपराध भएकाले बालबालिकाहरुलाई श्रममा लगाउने कामलाई पूर्ण रुपमा निरुत्साहित गर्नुपर्ने बताएका छन् । उनले पनौती नगरपालिका नै बालश्रममूक्त नगरपालिका घोषणको तयारी भईरहेको भन्दै भोलिका दिनमा सबैले उसको पालन समेत गर्न आग्रह गरे । हरेक बालबालिकाहरुले परिवारसंग बस्ने, स्कुल जाने अधिकार पाउने भएकाले उनीहरुको आधारभुत अधिकारको रक्षा गर्दै उनीहरुको उज्वल भविश्य निर्माणमा सघाउनु हरेक नागरिकको दायित्व भएको समेत भण्डारीले बताएका छन् ।

कार्यक्रममा उप प्रमुख गीता बन्जराले सबै वडाहरु बालश्रममुक्त वडा घोषणाको तयारीमा रहेको बताईन् । नगरले बालवालिकाहरुको क्षेत्रमा धेरै काम गरिरहेको बन्जाराले बताईन् ।

घोषणा कार्यक्रममा वडा अध्यक्ष विनोद खत्रीले वडाका हरेक श्रम हुने क्षेत्रलाई निगरानी गरिने र बालबालिकाहरुको प्रयोग भएको पाईएमा कानुन बमोजिम कारबाहिको प्रकृयामा जाने बताउँदै बालश्रममुक्त घोषणालाई व्यवहारिक कार्यान्वयनमा सम्बन्धित सबै सरोकारवालाहरुले ध्यान दिनुपर्ने बताए । पनौती वडा नं. ५ मा अनुगमन गर्दा ९ जना बालबालिकाहरु वडा बाहिरको भेटिएकाले उहालाई पनि अहिले सबैलाई विद्यालय जाने वातावरण बनाएर विद्यालय गईरहेको उनले बताए । वडा नं. ५ मा रहेको होटल, उद्योग लगायतमा वडाले अनुगमन गरी वडा बालश्रममूक्त घोषण गरेको उनले बताए । उनले बाल श्रम मुक्त वडा निरन्तर कायम राख्न सबै वडाबासीको साथ आवश्यक रहने बताए ।

वडा स्तरमा गरेको सर्वेक्षणको आधारमा बालश्रममा रहेका बालबालिकाहरु नभेटिएको र बालश्रमको जोखिममा रहेका बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्टेशनरी लगायतका सामाग्री सहयोग गर्ने गरि बालश्रममुक्त घोषणा अभियान सञ्चालन गरेको उनको भनाई थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, नगरपालिकाका शिक्षा शाखा निर्देशक प्रणराज न्यौपाने लगायतले बालबालिकाहरुको अधिकार सुरक्षित गराउँदै उनीहरुलाई कानुन विपरितका श्रममा नलगाउन आग्रह गरेका छन् ।

बालश्रममूक्त घोषण सभामा वडामा सञ्चालन भएका होटल, कलकारखाना लगायतका सञ्चालकहरु एवं विभिन्न संसस्थाहरुलाई बालश्रममूक्त वडा घोषणमा सहयोग गरेको बापत प्रसंशापत्रले सम्मान गरिएको थियो । कार्यक्रममा पनौती नगरपालिका बाल सञ्जालका अध्यक्ष दीक्षित न्यौपानेले पनौती नगरपालिकाको सबै वडाहरू निरन्तर बाल श्रम मुक्त वडा घोषणा गर्दै गर्दा आफूले हरेक साथीहरुको सुन्दर भबिस्य देखेको बताए । उनले बाल श्रम र बाल काम बीच को फरक लाई हरेक बाल बालिकाहरूलाई मनन गर्न पनि आग्रह गरेका छन् । कार्यक्रममा २०७९ सालमा एसइइ परिक्षमा नगरपालिकाभित्र टप वडा नं ५ का बिद्यार्थी र वडाबासिको रूपमा रहेका प्रतिभा साहित्यकार रामसुन्दर देउजा लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य वडाका महिला सदस्य उजेली मिजारले गरेकी थिईन् । गीता तिमल्सिनाले गरेको कार्यक्रममा वडाका हाइल्यान स्कूलका विद्यार्थीहरुले बाल श्रम नामक नाटक प्रस्तुत गरेका थिए । विभिन्न विद्यालयका विद्यार्थीहरुको साङ्गतिक प्रस्तुती समेत रहेको थियो । पनौती नगरपालिकामा यस अघि पनौती नगरपालिका वडा नम्बर ११ बल्थली बाल श्रम मुक्त वडा घोषणा भइसकेको छ । पनौती वडा नं. ५ दोस्रो वडाको रूपमा मंगलबार घोषणा भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.