चौंरीदेउरालीमा निःशुल्क स्वास्थ्य शिविर हुँदै

चौरीदेउराली । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकको आयोजना तथा चौरीदेउराली गाउँपालिकाको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । एकदिने शिविरमा विशेषज्ञ सहितको टोलीले उपचार सेवा प्रदान गर्ने गाउँपालिकाले जनाएको छ ।

एकदिने शिविर यही फागुन ३० गते बुधबार हुने भएको हो । शिविर चौरीदेउराली गाउँपालिका वडा नं.६ स्थित कात्तिके देउराली स्वास्थ्य चौकीमा बस्ने भएको हो ।

शिविर बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हुने गाउँपालिकाले जनाएको छ ।

स्वास्थ्य शिविरमा स्तन क्यान्सरको परिक्षण, HPV–DNA नमूना संकलन एवं परिक्षण, पाठेघरको मुखको क्यान्सर परिक्षण VIA जाँच, पाठेघर झरेको महिलाहरुको व्यवस्थापन एंव उपचार र फिस्टुलाको चेक जाँच हुने गाउँपालिकाले सूचित गरेको छ ।

शिविरमा २५ वर्षदेखि ६० वर्ष सम्मका महिलाहरुले स्वास्थ्य परिक्षण गराउन सक्ने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.