पनौती जंगलमा बाच्छाहरुको शव फेला, सामुहिक हत्याको आशंका

पनौती । पनौती नगरपालिका वडा नम्बर ८ स्थित तिप्चोक जंगलमा गाईका बाच्छाहरुको सामुहिक हत्या गरिएको भेटिएको छ ।

१ दिन अघि जंगलमा १० ओटा गाईका बाच्छाहरु चर्दै गरेको स्थानीयले देखेको बताएका छन् । सोमबार बिहानै ७ ओटा बाच्छाका एकै स्थानमा मृत अवस्थामा स्तानीयले फेला परेका थिए ।

बाच्छाहरु केहीको गर्धनमा गहिरो धारिलो हतियार प्रयोग गरेजस्तै गहिरो चोट देखिएको घटना स्थल रक्ताम्मे रहेको र धरै जसोको खुट्टा छुट्टिएको तथा भित्री अंगहरु निक्लिएको अवस्थामा भेट्टिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

सोमबार बिहान स्थानीयले जंगलमा बाच्छाहरुको एकै स्थानमा ती अवशेषहरु फेला पारेपछि घटना बाहिर आएको हो ।

घटना सार्वजानिक भए सँगै घटना स्थल पुगेका पनौती प्रहरी चौकीका प्रहरी बरिष्ठ नायव निरीक्षक कुल बहादुर कुँवरले बाच्छाहरुको सामुहिक हत्याको आशंका गरिएको र थप अनुसन्धान प्रकृया अगाडि बढाउने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.