मुख्यसचिवमा डा. वैकुण्ठ अर्याल नियुक्त

काठमाडौँ । नेपाल सरकारको मुख्यसचिवमा डा. वैकुण्ठ अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले डा. अर्याललाई मुख्य सचिवमा लैजाने निर्णय गरेको हो । निर्णय गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

नेपाल सरकारका ७२ जना सचिवमध्ये डा. अर्याल सबैभन्दा वरिष्ठ सचिव हुनुहुन्छ । त्यसअर्थ प्रधानमन्त्री दाहालले अर्याललाई मुख्य सचिवमा बढुवा गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत डा. अर्याल एक कुशल र शालीन प्रशासकका रूपमा परिचित हुनुहुन्छ ।

अर्थविदसमेत रहनुभएका डा. अर्यालले अर्थ मन्त्रालयमा रहँदा विभिन्न जिम्मेवारीमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।

वि.सं. २०४९ मा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका डा. अर्याल सचिवमा बढुवा भएसँगै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काम गरिसक्नु भएको छ ।

गत चैतमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा हुनुभएका अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आर्थिक तथा पूर्वाधार विकास हेर्नुहुन्थ्यो ।

अर्यालको पाँच वर्षे सचिवको कार्यकाल असार ३ गते पूरा हुने थियो । भने वर्तमान मुख्यसचिव सङ्करदास वैरागीको मुख्यसचिवको कार्यकाल भने आगामी असोज मसान्तसम्म रहेको थियो । यसैबीच सिंहदरबारमा प्रधानमन्त्री दाहालले पूर्व मुख्य सचिव शङ्करदास वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार पदमा नियुक्त गरी शपथसमेत गराउनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.