यौनहिसां आरोप लागेका शिक्षक पक्राउ

बनेपा । यौनहिसां आरोप लागेका शिक्षक छवि गौतमलाई ईलाका प्रहरी कार्यालय बनेपाले पक्राउ गरेको छ । गत शुक्रबार काभ्रेको पनौती नगरपालिका वडा नं. २ मा रहेको कुशादेवि माविका छात्राहरुले आफूहरुलाई विद्यालयका शिक्षकले यौन दुरब्यबहार गरेको भनि विद्यालयमा उजुरी दिएपछि फरार रहेका गौतलाई प्रहरीले पक्राउ गरेको हो ।

विद्यालयका सहायक प्रधानाध्यापक तथा गणित शिक्षक छवि गौतमले आफूहरुलाई पटक पटक विभिन्न बहानमा यौनजन्य हर्कत गदै आएको भनि कक्षा १० मा पढ्ने १० जना छात्राहरुले सामुहिक विद्यालय व्यपस्थापन समितिलाई उजुरी दिएका थिए ।

उजुरी परेपछि पनि विभिन्न बहान गदै विद्यालयले प्रहरीकामा उजुरी दिन आनाकानी गरेपछि गत मंगलबार पनौती वडा नं. २ को कार्यालयमा भेला भएका स्थानिय अभिभावक, बुद्धिजिवि, नागरिक समाज, विभिन्न विद्यार्थीहरुको संघ सगठन एवं शुभचिन्तकहरुको चर्को दवावपछि विद्यालयले प्रहरीकोमा किटानी जाहेरी दिएको थियो ।

यौन दुर्ब्यवहारको आरोप लागेका गौतमलाई विद्यालयका छात्राहरु, विद्यालय व्यवस्थापन समिति एवंअभिभावकहरुले किटानी जाहेरी दिएको दुई दिनमै फरार रहेका आरोपी शिक्षकलाई बनेपा वडा नं. ८ बाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बनेपाका डिएस्पी रेशम बोहोराले जानकारी दिए ।

शिक्षक गौतम विरुद्ध बालयौन दुरपयोग कसुरमा मुद्दा चलाउने गरि जिल्ला अदालत काभ्रेमा पेश गरिएको डीएस्पी बोहोराले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.