संचारिका समुह काभ्रेको अध्यक्षमा सुनिता सापकोटा

बनेपा । काभ्रेमा सञ्चारिका समूह गठन गरिएको छ । शनिबार गरिएको भेलाले पत्रकार सुनिता सापकोटाको अध्यक्षतामा ९ सदस्यीय समूह गठन भएको हो ।

संचारिका समूह काभ्रेको अध्यक्षमा सुनिता सापकोटा, उपाध्यक्षमा सम्झना हुमागाई, महासचिवमा ज्योती श्रेष्ठ, सचिवमा अञ्जली तामाङ, कोषाध्यक्षमा मालती कुवर तथा सदस्यहरुमा सीता काफ्ले, बिपाशना शाक्य, काजल तामाङ, शोभा हुमागाई चयन हुनुभएको छ । महिला पत्रकारको हकहित र क्षमता अभिवृत्तिमा समूह क्रियाशील रहने अध्यक्ष सापकोटाले बताउनुभयो ।

कार्यक्रम संचारिका समूह नेपालका अध्यक्ष बिमला तुम्खेवाको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिनाको सभापतित्वमा सम्पन्न भएको हो ।

कार्यक्रममा संचारिका समूहका केन्द्रीय सदस्य राधा खनाल र भगवती तिमल्सिना, महासंघका पुर्व अध्यक्ष इश्वोरी ओझा र महेश पौडेल, प्रेस युनियनका केन्द्रीय सदस्य कपिल कोइराला, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य बुद्द कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ काभ्रेका उपाध्यक्ष बिनोद न्यौपाने, प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, प्रेस चौरारी काभ्रेका अध्यक्ष भुवन रायमाझी, प्रेस सेन्टर काभ्रेका अध्यक्ष रोजन तामाङ, फोनिज काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापा, तामाङ संचार समूहका अध्यक्ष अञ्जली तामाङ लगयतले नवनिर्वाचित कार्यसमितिलाई बधाइ तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.