निरोजको सम्झनामा ‘दोङ स्मृति कप’ फुटसल हुँदै

बनेपा । १८ वर्षको कलिलो उमेरमै सडक दुर्घटनामा ज्यान गुमाएका निरोज दोङको सम्झनामा ‘दोङ स्मृति कप’ खुल्ला फुटसलको आयोजना गरिने भएको छ । मृतक दोङ आवद्ध संस्था काभ्रेली बोइज क्लवले उक्त फुटसलको आयोजना गर्न लागेको हो ।

काभ्रेपलाञ्चोक जिल्ला तेमाल गाउँपालिका वडा नं.९ मा बुबा रोज बहादुर दोङ र आमा कान्छीमायाको कोख बाट जन्मेका निरोज दोङको गत जेठ २० गते सडक दुर्घटनामा मृत्यु भएको थियो ।

दोङको सम्झनामा ‘दोङ स्मृति कप’ फुटसलको आयोजना हुन लागेको आयोजकले जनाएको छ ।

आफैमा फुटवलप्रेमी र एक कुशल फुटवलर समेत रहेका निरोजको सम्झनामा खुल्ला फुटसल भाद्र १ गते हुने भएको छ ।

बनेपा स्थित एस.आर फुटसलमा आयोजना गरिएको उक्त खुल्ला फुटसल प्रतियोगितामा प्रथम हुनेका लागी रु.२० हजार र दोस्रो हुनेका लागी रु.१० हजार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक टिमले जानकारी दिएको छ ।

पुरस्कार भन्दा पनि मृतक निरोजको आत्मालाई शान्ति मिलोस भन्ने नै उदेश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले बताए ।

भदौ १ गते आयोजना हुने फुटसल प्रतियोगितामा सहभागि हुनका लागि साउन ३१ गतेसम्म दर्ता भए मात्र खेलमा सहभागि गराइने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.