‘दोङ स्मृति कप’को उपाधि एस आर फुटसललाई

बनेपा । निरोज दोङको सम्झनामा आयोजित ‘दोङ स्मृति कप’ खुल्ला फुटसलको उपाधि एस आर फुटसलले जितेको छ । द्वितिय स्थान बनेपा फुटसलले प्राप्त गरेको हो ।

मृतक दोङ आवद्ध संस्था काभ्रेली बोइज क्लवले आयोजनामा भएको फुटसलमा ३१ टिम सहभागि भएका थिए ।

काठमाडौं, बनेपा,पनौती, नमोबुद्ध लगायतका क्षेत्रबाट खेलाडि सहभागि भएको आयोजकले जनाएको छ।

खेलको उद्घाटन सत्रमा स्व. निरोजको आमाबुबाले बल रेफ्रिलाई दिएर खेल आरम्भ गर्नुभएको थियो ।

काभ्रेपलाञ्चोक जिल्ला तेमाल गाउँपालिका वडा नं.९ मा बुबा रोज बहादुर दोङ र आमा कान्छीमायाको कोख बाट जन्मेका निरोज दोङको गत जेठ २० गते सडक दुर्घटनामा मृत्यु भएको थियो ।

खेल भदौ १ गते दिउँसो ४ बजेतिर सकिएको थियो । फुटसल प्रतियोगिता सुरक्षा प्रबन्ध सहित सभ्य एवं भब्य रुपमा सम्पन्न भएको आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.