एनआरएन कोरियाको युवा संयोजकमा नबिन्द्रराज नापितको उम्मेदवारी

काठमाडौं । एनआरएन कोरियाको युवा संयोजकमा नबिन्द्रराज नापितले उम्मेदवारी घोषणा गरेका छन्। नापितले सन २०२३ देखि २०२५ का लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

युवा संयोजक पदमा रहेर कोरियामा रहेका नेपालीको हरेक समस्याको समाधान गर्न अगाडि बढ्ने बताए । नेपाल र कोरियाको सुमधुर सम्बन्ध बिस्तार गर्न मन, वचन र कर्मले लागि पर्ने बताए ।

उनले व्यक्तिगत हित भन्दा आम नेपालीको हित हुने काम गर्ने अठोटका साथ आफ्नो उम्मेदवारी दर्ता गर्ने निधो गरेको बताए । अन्य उम्मेद्वार भन्दा आफू फरक ढंगले प्रस्तुत हुने नापितले बताए ।

नापित काठमाडौ तारकेश्वर नगरपालिका वडा नं ६ का हुन्।
उनी सन् २०१८ देखि कोरियालाई कर्मथलो बनाउँदै आएका छन् ।

नापितले यसअघि फेन्थेक माइग्रेसनमा उपाध्यक्ष एवं सांस्कृतिक संयोजकको भूमिकामा रहेर काम गरेको अनुभव सुनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.