तीनपिप्लेका अनधिकृत संरचना हटाइयो

पाँचखाल । अरनिको राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका वडा नंं ६ स्थित तीनपिप्ले बजारमा रहेका अनधिकृत संरचना हटाइएको छ । तिनपिप्ले बजारमा बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरणका लागि अनाधिकृत रुपमा बनेका घरटहरा लगायतका संरचनाहरु हटाइएको हो । तीनपिप्ले सडक खण्डको दायाँ–बाँया १५ मिटरभित्रका २० वटा टहरा तथा घरहरू हटाइएको हो ।

पाँचखाल नगरपालिकाको पहल र सडक डिभिजन कार्यालय भक्तपुरको समन्वयमा अनधिकृत रुपमा बनेका घर÷टहराहरू हटाइएको पाँचखाल नगरपालिकाले जनाएको छ ।

पाँचखाल नगरपालिका नगरप्रमुख महेश खरेलले अरनिको राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका वडा नंं ६ तीनपिप्लेमा सडक दुर्घटना धेरै भएको, मानवीय तथा भौतिक क्षति धेरै भएको जनगुनासो आएपछि नगरपालिकाको पहलमा सडक चौडा गर्नका लागि सडक डिभिजन कार्यालय भक्तपुरको सहयोगमा काम अगाडि बढाइएको जानकारी दिनुभयो ।

नगरपालिकाले सडकको दायाँ–बायाँ रहेका घर–टहरा हटाउन सुरु गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.