प्रावि शिक्षकको विषयगत परीक्षा एक हप्ता सऱ्यो

काठमाडौं । प्रावि शिक्षकको विषयगत परीक्षा एक हप्ता पछाडि हुने भएको छ । शिक्षक सेवा आयोगले प्राथमिक शिक्षक परीक्षाको पूर्वनिर्धारित तालिकामा हेरफेर गरेको हो ।

२०८० असोज ६ गते लोकसेवा आयोगद्वारा लिइने रा.प. अनं. द्वितिय श्रेणीको खरिदार पदको परिक्षासँग जुध्न गएको हुँदा शिक्षक सेवा आयोगले लिने प्राविको विषयत परीक्षा कार्यक्रम एक हप्ता पछाडि हुने शिक्षक सेवा आयोगले जानकारी दिएको छ ।

शिक्षक परिक्षा असोज १३ गते तोकएकै स्थान र समयमा सञ्चालन गर्ने र अन्य व्यवस्था पूर्व सूचना अनुसार नै रहने शिक्षक सेवा आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.